नयाँ नेपालको समृद्धिको आधार: पर्वतीय पर्यटन

"समृद्धिको शिखरमा पुग्न, हामीले हिमाल चढ्नु पर्दैन— वस् हामीले आफ्नै हिमाललाई विश्ववजार सामु चिनाए काफी हुन्छ।" नेपाल—सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे जस्ता हिमशृंखलाले सुशोभित देश। जहाँ हिमाल केवल दृश्य होइन, जीवनशैली, संस्कृति र सम्भावना हो। आज जब हामी “नयाँ नेपाल” को परिकल्पना गर्छौं, त्यसको केन्द्रबिन्दु बन्न सक्छ—पर्वतीय पर्यटन। तर के साँच्चै नेपालले आफ्नो हिमाली सम्पदालाई समृद्धिको आधार बनाउन सक्छ? सँगसँगै, विश्वका अन्य पर्वतीय मुलुकहरूले कसरी पर्यटनमार्फत देश उकासिरहेका छन्? यस लेखमा यही विषयलाई सरल, तुलनात्मक र प्रेरणादायी रूपमा विश्लेषण गर्न खोजेको छु। नेपालः हिमालको देश, सम्भावनाको खानी होः हाम्रो देशमा ८००० मिटरभन्दा अग्ला ८ वटा हिमशिखर छन्, जुन विश्वमै दुर्लभ विशेषता हो। यसका साथै, हजारौं ट्रेकिङ र पदमार्ग, दर्जनौं संस्कृतिहरू, बौद्ध र हिन्दू तीर्थस्थलहरू र साहसिक गतिविधिहरूको अपार सम्भावना। तर अझै पनि यस्ता अनेकन गन्तव्यहरू प्रचारबिहिन छन्, पूर्वाधारहरु अत्यन्त कमजोर छन्, र स्थानीयहरू पर्यटक हेर्ने मात्र होइन, आर्थिक लाभ लिने पात्र बन्न अझै संघर्षरत छन्। अब हेरौं...