नेपालको समृद्धि: जडिबुटी प्रसोधन, जडीबुटी पर्यटन र वेल्नेस ब्राण्डिङको नयाँ मार्ग
विश्व बजारमा "Himalayan" शब्दले स्वच्छता, शुद्धता र प्राकृतिक गुणस्तरको सकारात्मक छवि बोकेको छ। यसलाई वैज्ञानिक प्रमाण, गुणस्तर प्रमाणीकरण र आकर्षक ब्रान्डिङसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ। नेपाल हिमालयको काखमा बसेको एक यस्तो जैविक विविधतायुक्त देश हो, जहाँ हजारौँ प्रकारका बहुमूल्य जडिबुटीहरू प्राकृतिक रूपमै पाइन्छन्। तर, दशकौँदेखि हाम्रा बहुमूल्य जडिबुटीहरू सस्तो मूल्यमा कच्चा पदार्थकै रूपमा विदेश निर्यात भइरहेका छन् र तिनै जडिबुटीबाट बनेका महँगा प्रशोधित उत्पादनहरू हामी पुनः आयात गर्न बाध्य छौँ। यो दुश्चक्रलाई तोडेर देशभित्रै जडिबुटी प्रशोधन उद्योग स्थापना गर्ने र यसलाई पर्यटनसँग जोड्ने हो भने नेपालको आर्थिक रूपान्तरण सम्भव छ। १. नेपालमा पाइने प्रमुख जडिबुटीहरू नेपालका भौगोलिक बनावट (तराई, पहाड र हिमाली क्षेत्र) अनुसार पाइने प्रमुख जडिबुटीहरूलाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ: हिमाली तथा उच्च पहाडी क्षेत्र: यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुट्की, अतीस, निरमसी, padamchal (पदमचाल), लौठसल्ला, चिराइतो, गुच्ची च्याउ। मध्य पहाडी क्षेत्र: टिमुर, लोक्ता, क...