नेपाल पर्वतारोहणको आध्यात्मिक केन्द्रको रूपमा परिचित कोशी प्रदेशबाट Nepal Mountaineering Association (NMA) को नेतृत्व हुन जरुरी छ

नेपाल पर्वतारोहणको आध्यात्मिक केन्द्रको रूपमा परिचित कोशी प्रदेशबाट Nepal Mountaineering Association (NMA) को नेतृत्व हुन जरुरी छ। यही प्रदेशमा विश्वकै पाँचवटा ८,००० मिटरमाथिका उच्चतम हिमश्रृंखलाहरू, सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु र चो ओयु अवस्थित छन्। सगरमाथा (८८४८.८६ मि र कञ्चनजङ्घा (८५९८ मि जस्ता पर्वतहरू कोशी प्रदेशमा रहेको तथ्यले नैं यसको महत्व पुष्टि गर्दछ। त्यस्तै, कोशी प्रदेशका सोलुखुम्बु, ताप्लेजुङ लगायतका जिल्लाहरूमा नाम्चे बजार र सगरमाथा आधार शिविरजस्ता प्रख्यात पर्यटकीय स्थलहरु विरजमान छन्। 

**************    ****************

"पर्वतीय पर्यटनको कथा अधुरो रहन्छ यदि हामीले Sherpas as a legend of mountain tourism development in Nepal लाई सम्झिएनौं भने।"

यिनै हिमालयी क्षेत्रका स्थानीय शेर्पा समुदायले सदियौं देखि पर्वतारोहण र हिमाल संरक्षणको संस्कार अगाडि बढाउँदै आएका छन्। अन्तर्राष्ट्रिय रूपमा शेर्पा जाति पर्वतारोहणसँग अविछिन्न रूपमा जोडिएको छन् र उनीहरूले हिमालय आरोहणमा अतुलनीय योगदान दिएका छन्। यस्तो अवस्थामा, हिमालका वास्तविक ‘माली’ मानिएका शेर्पा र कोशी प्रदेशका स्थानीय प्रतिभालाई नेतृत्वमा सामेल गरेर मात्र नेपालको पर्वतारोहण धरोहरको दीगोसंरक्षण एवं प्रवद्र्धन सम्भव छ।शेर्पा केवल मार्गदर्शक मात्र होइनन्, उनीहरू पर्वतीय पर्यटनको आत्मा हुन्।

"शेर्पाहरूको साहस, परिश्रम र समर्पणले Sherpas as a legend of mountain tourism development in Nepal भन्ने सत्यलाई प्रमाणित गरिदिएको छ।"

कोशी प्रदेशका हिमाल र आरोहण क्षेत्रहरूः

कोशी प्रदेशमा नेपालका १४ मध्ये ५ वटा ८,००० मिटरमाथिका हिमश्रृंखला छन्। त्यस्तै, यो प्रदेशमा सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु–बरूण राष्ट्रिय निकुञ्ज तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र–जस्ता प्रमुख संरक्षित क्षेत्रहरू पर्दछन्। 

यी क्षेत्रहरू अन्तर्गत विश्व प्रसिद्ध नाम्चे बजार, सगरमाथा आधार शिविर र हिमालयका अन्य आरोहण मार्गहरू सञ्चालन भइरहेका छन्। जताततै हिमाली परिदृश्य फैलिएर भएका यी ट्रेकिङ मार्गहरू (जस्तै सगरमाथा बेस क्याम्प, कञ्चनजङ्घा बेस क्याम्प, मकालु बेस क्याम्प आदि) ले जैविक तथा सांस्कृतिक विविधता पनि उजागर गर्छन्। यसैले कोशी प्रदेश नै हिमाली पर्यटन र पर्वतारोहण क्रियाकलापहरूको केन्द्रबिन्दु हो, र यस क्षेत्रको नेतृत्वले समग्र नेपालको पर्वतारोहण प्रवद्र्धनमा निर्णायक भूमिका खेल्छ।

अवलम्वन गरिनुपर्ने  प्रतिबद्धताहरूः

पर्वतीय पर्यटन प्रवद्र्धनः स्थानीय परम्परा तथा वातावरणसँग मेल खाने नयाँ पर्यटन मार्ग विकास गर्ने। सगरमाथा, कञ्चनजङ्घा, मकालु क्षेत्रका पर्यटकीय पूर्वाधार (जस्तै ट्रेकिङ सुविधाहरू र आवास विकास) निरन्तर उन्नत गर्ने। स्थानीय संस्कृतियुक्त होमस्टे र सामुदायिक पर्यटनमार्फत पर्यटन आम्दानी स्थानीय स्तरीय बनाउन जोड दिने। नेपाल भरीका पर्वतीय क्षेत्रका आकर्षक स्थलहरू जस्तै नाम्चे बजार र सबै हिमालका आधार शिविरसम्म आवत–जावत सहज र सुरक्षित बनाउन माध्यमिक सडक तथा स्वास्थ्य सेवा प्रवद्र्धन र बिकासको पैरवी गर्ने।

आरोहण व्यवस्था र पारदर्शिताः आरोहण परमिट प्रणाली पूर्णरूपमा डिजिटलकरण गरी खर्च र प्रक्रिया सार्वजनिक गर्ने। आरोहण कल्याणकारी कोष पुनर्स्थापना गरेर बिमान र अनपेक्षित दुर्धटनामा परी मृत्यूवरण गर्ने पर्वतारोहीहरूको सहायता सुनिश्चित गर्ने। संघको आन्तरिक निर्णय प्रक्रियामा सबै सदस्य र सरोकारवालाहरूको पहुँच सुनिश्चित गरी भ्रष्टाचारमुक्त एन.एम.ए. बनाउने। गुणस्तरीय मार्गदर्शन तालिम र उच्च श्रेणीका इन्जिनियरिङ तथा सञ्चार प्रविधि प्रयोग गरी आरोहण व्यवस्थापनलाई प्रभावकारी बनाउने।



वातावरणीय संरक्षणः पर्वतीय वातावरणीय नीतिहरू कडाइका साथ लागू गर्ने। पर्वतारोहण मार्ग र शिविर क्षेत्रमा ठोस फोहर व्यवस्थापन, प्लाष्टिक प्रयोग निषेध र दिगो इन्धन व्यवस्थापन योजना लागू गर्ने। बिभिन्न हिमालहरुको सरसफाइ र वृक्षारोपण अभियान निरन्तर सञ्चालन गरी ग्लेशियर र जैविक विविधता जोगाउने। जलवायु परिवर्तन अनुकूलनका लागि पर्वतारोहण विधिहरूमा अनुकूलन प्रविधि र ज्ञान–विमर्श प्रवर्धन गर्ने।

स्थानीय सहभागिता र रोजगारः पर्वतीय पर्यटन–उद्योगमा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने। युवा र महिलाहरूलाई आधिकारिक पर्वत मार्गदर्शक तथा पोर्टर तालिमको अवसर प्रदान गर्ने। स्थानीय उत्पादन र हस्तकलालाई प्रोत्साहन गरी हिमाली होटल, गाइड सेवा, आर्गेनिक खेती र हस्तशिल्पमार्फत रोजगारी सृजना गर्ने। सामुदायिक पर्यटन समिति संस्थापक गरी स्थानीय रोजगारी र अधिकार सुनिश्चित गर्ने।


अन्तर्राष्ट्रिय सहकार्यः विश्व पर्वतारोहण संस्थाहरू र अन्तर्राष्ट्रिय पर्यावरण समूहहरूसँग सहकार्य मजबुत गर्ने। ग्लोबल आरोहण सम्मेलन, जलवायु छलफल र सामुदायिक विकास कार्यक्रमहरू मार्फत अनुभव आदानप्रदान गर्ने। नेपालका हिमाली संसाधन र संस्कृतिलाई विश्वसमक्ष प्रवद्र्धन गरी पर्यटनमा विदेशी निवेश र सहयोग आकर्षित गर्ने।

निष्कर्ष र अपिल

कोशी प्रदेशबाट नेतृत्व लिएर मात्र नेपालको पर्वतीय पर्यटनको समृद्धि सुनिश्चित गर्न सकिन्छ। माथी प्रस्तुत् गरिएका प्रतिबद्धताहरू सफल पारेर नेपालको गौरव, हिमालहरूको नायक शेर्पा र स्थानीय समुदायलाई न्यायसंगत योगदान र सम्मान दिलाउनेछन्। 

"शेर्पा भनेको साहस, समर्पण र आत्मबलको पर्याय हो।"

पर्वतप्रेमी र संघका आदरणीय सदस्यहरूमा हार्दिक अनुरोध छ – नेपालको अग्ला शिखर र आरोहण परम्पराको सुरक्षाका निम्ति हरेक हिमालहरुका सुस्केराहरुको पहिचान गरि उनीहरुको आवाजलाई सशक्त बनाऔं। यस क्षेत्रको प्रतिभा, अनुभव र दीर्घकालीन दृष्टिबाट प्रेरित नेतृत्वलाई मतदान गरेर नेपालको पर्वतारोहण धरोहरको उज्यालो भविश्य सुनिश्चित गरौं। 

पर्वतीय पर्यटनलाई मर्यादित र व्यवसायिक गति प्रदान गर्न देहाय बमोजिमका विषयहरूमा बहस र पैरवी गर्न जरुरी छ:

  • पर्वतीय पर्यटनको समृद्धि (Prosperity through Mountain Tourism)
  • दिगो पर्वतारोहण (Sustainable Mountaineering)
  • स्थानीय सहभागिता (Local Participation)
  • युवा नेतृत्व र अवसर (Youth Leadership and Opportunities)
  • महिला सशक्तिकरण पर्वतीय पर्यटनमा (Women Empowerment in Mountain Tourism)
  • हिमाल संरक्षण (Mountain Conservation)
  • अन्तर्राष्ट्रिय सहयोग र नेटवर्किङ (International Collaboration and Networking)
  • पर्वतीय मार्गदर्शकको क्षमता विकास (Capacity Building of Mountain Guides)
  • पारदर्शिता र जवाफदेहिता (Transparency and Accountability)
  • पर्वतीय सम्पदाको पहिचान (Recognition of Mountain Heritage)
  • साहसिक पर्यटन प्रवर्द्धन (Adventure Tourism Promotion)
  • सुरक्षित आरोहण र उद्धार (Safe Climbing and Rescue)
  • पर्वतीय शिक्षा र अनुसन्धान (Mountain Education and Research)
  • नीतिगत सुधार (Policy Reforms)
  • अन्तर्राष्ट्रिय पर्वतारोहण नेतृत्वमा नेपाल (Nepal in International Mountaineering Leadership)
  • समुदायमैत्री पर्यटन (Community-Friendly Tourism)
  • हरित पर्वतारोहण (Green Mountaineering)
  • सीप विकास र तालिम (Skill Development and Training)
  • पर्वतीय अर्थतन्त्रको विकास (Development of Mountain Economy)
  • नेपाललाई विश्व पर्वतारोहणको केन्द्र बनाउने (Making Nepal a Global Hub of Mountaineering)

सबै मतदाताहरू, संघका सदस्यहरू र हिमालप्रेमीहरूलाई साथ, सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दछौं।

हामी विश्वास गर्छौं – सबै प्रदेशका समावेशी अनि स्वतन्त्र कर्मठ काँधहरु सगरमाथा झैं अटल र अडिग भएर थापिएमा वा थामिएमा, कोशीप्रदेशबाट नेतृत्व, समग्र नेपालको आरोहणको भविष्य सुरक्षित र सुनिश्चित हुनेछ।

 

******************************************************** 




Comments

Popular posts from this blog

Four-Year Tourism Business Plan: Surya Bahadur Ghimire 2024 (Projected)

नयाँ नेपालको समृद्धिको आधार: पर्वतीय पर्यटन